स्याँदर चलचित्रको छोटो परिचय दिनुहास न ?
यो स्याँदर चलचित्रको वारेमा भन्नुपर्दा बिशेष गरि सुनुवार जातिको माहन चाडको बारेमा हो र यो चाड चाँहि सुनुवार जातिको सुख, शान्ति, समृदि र शान्ति छाओस भन्ने उदेस्यले मनाइन्छ र बिशेष गरि चैत,बैशाख मा खडेरि लागेको बेलामा पानि परोस भनेर पुजा गरिन्छ र आज सम्म पनि पुजा गर्दा पानि परी राखेको छ, यही चाड को सेरोफेरोमा रहेर यो चलचित्र निर्माण गरेको छु ।
यो चलचित्र निर्माण गर्नुको उद्देयश्य के हो ?
यो चलचित्र निर्माण गर्नुको उद्देयश्य विशेष गरि सुनुवार जातिको सँस्कृतिको जानकारी गराउनु हो।
कसरि सँस्कृति को परिचय दिएको छ त ?
यो चलचित्र बिशेष गरि सुनुवार जातिको महान चाड स्याँदरको बारेमा छ र यो चलचित्र को छायाकन पनि सुनुवार जातिको बसोबासमा रहेको रामेछापको भुजि गुप्तेश्वर गाविसमा गरिएको छ, यसचलचित्रमा स्याँदर चाडको मुख्यत ७ दिनको जात्रा समेत समाबेश गरिएको छ तर यो चाड १८ दिन सम्म मनाइने परामपरा छ । त्यसले गर्दा पनि यस चलचित्र बाट सुनुवार जातिको सँस्कृतिको परिचय भएको छ ।